ललितपुरमा छुरा प्रहारबाट घाइते भएका दुई युवकको आज विहान मृत्यु, दुई पक्राउ

  • प्रकाशित मिति : २०८२ चैत्र २६, बिहीबार
  • नेपाल टेल संवाददाता

बुधबार अपराह्न पाटनको दरबार क्षेत्रमा छुरा प्रहारबाट गम्भीर घाइते भएका झापाका दुई युवकको मृत्यु भएको छ ।

बिएण्डबी अस्पतालमा उनीहरूको आज बिहान मृत्यु भएको हो ।



ललितपुर जिल्ला प्रहरी परिसरका अनुसार झापाको कमल गाउँपालिका–६ का सुमित र सृजन नेम्बाङको मृत्यु भएको हो ।

नेम्बाङ दाजुभाइको हत्या अभियोगमा ललितपुर महानगरपालिका–९ का सञ्जीव नेपाली र गैँडाकोटका गगन सुनारलाई पक्राउ गरिएको छ ।