पाँचथरको मिक्लाजोङमा कोभिड संक्रमणका कारण एक जनाको ज्यान गयो

  • प्रकाशित मिति : 2020-11-17
  • nepaltale.com

पाँचथर। पाँचथरको मिक्लाजोङमा कोरोना भाइरस संक्रमणका कारण एकजना जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा सोहि गाँउ पालिकाका ५० वर्षीय नागरिक रहेको बताइएको छ ।



केहिदिन अन्य समस्या भइ उपचारका लागि झापा पुगेका वखत स्वाब परिक्षण गर्दा पोजिटिभ देखिएपछि उनलाई आफन्तले फिर्ता ल्याएका थिए । त्यसपछि गाँउ पालिकाले सञ्चालन गरेको कोभिड अस्पताल स्थित आइसोलेसन केन्द्रमा उपचार गराइरहेको बताइएको छ ।

जिल्लाकै आइसोलेसनमा बिरामीको ज्यान गएको यो पहिलो घट्ना हो ।