इंग्लिस प्रिमियर लिग : लिभरपुलको सानदार जित ।

  • प्रकाशित मिति : २०७७ मंसिर २२, सोमबार
  • नेपाल टेल संवाददाता

एजेन्सी, २२ मंसिर । इंग्लिस प्रिमियर लिगमा साविकको विजेताले लिभरपुलले सानदार जित हात पारेको छ । घरेलु मैदानमा भएको खेलमा लिरभपुलले वल्भ्सलाई ४-० काे गाेल अन्तरले पराजित गरेकाे हाे ।

लिभरपुललाई जित दिलाउनकाे लागि मोहम्मद सलाह, जर्जिन्हो वाइनाल्डमले समान एक-एक गाेल गरेका थिए । एक गाेल भने लिभरपुलले उपहार पाएको थियो ।



खेलकाे २४औं मिनेटमा मोहम्मद सलाहले गाेल गर्दै लिभरपुललाई अग्रता दिलाए । जोर्डन हेन्डरसनको प्रहारलाई कोआडेको हेडर सलाहसमक्ष पुग्दा उनले कुनै गल्ती गरेनन् ।

५८औं मिनेटमा जर्जिन्हो वाइनाल्डमले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । उनले कप्तान जोर्डन हेन्डरसनको पासामा गोल गरेका थिए । ६७औं मिनेटमा मोहम्मद सलाहको पासमा जोएल मटिपले गोल गर्दै लिभरपुललाई फराकिलो जिततर्फ अग्रसर गराए ।

७८औं मिनेटमा नेल्सन सेमेडोले आत्मघाती गोल गरेपछि लिभरपुल ४-० ले विजयी हुन सफल भयो । ट्रेन्ट एलेक्सान्डर अर्नाेल्डको क्रसलाई बचाउन खोज्दा माने र सलाहको घेरामा रहेका सेमेडोले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।

याे सानदार जितसँगै शीर्षस्थानको टोटेनहमसँग अंक बराबरी गरेपनि लिभरपुल गोलअन्तरमा दोस्रो स्थानमा रहेको छ । टोटेनहम र लिभरपुलको समान २४ अंक छ । तेस्रो स्थानको चेल्सीको २२ तथा लेस्टर सिटीको २१ अंक छ । पराजित वल्भ्स १७ अंक जोडेर १०औं स्थानमा यथावत छ ।