प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

  • प्रकाशित मिति : २०७७ मंसिर २२, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । भोलि (मंगलबार) विहान ११ बजे बैठक बोलाउने तयारी गरेको उनको सचिवालयले जनाएको छ ।

समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले बताए ।



बैठकमा कोरोना संक्रमण नियन्त्रणको प्रयास लगायत थुप्रै विषयमा छलफल हुने बताइएको छ ।