पछिल्लो २४ घण्टामा थप १०१४ जनामा कोरोना संक्रमण पुष्टि ।

  • प्रकाशित मिति : २०७७ मंसिर २२, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६२२० जनाको परीक्षण गर्दा १०१४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ ।



त्यस्तै पछिल्लो २४ घण्टामा १६२८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख २७ हजार ४३३ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १२ हजार ९४८ रहेको छ ।