रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश

  • प्रकाशित मिति : २०७७ मंसिर २५, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।

समूह बी अन्तर्गतको खेलमा बुधबार राति बोरुसिया मोनचेङ्ग्लाडवाचलाई २–० ले पराजित गरेको रियल मड्रिड समूह विजेताका रुपमा अन्तिम १६ मा पुगेको हो ।



घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडका लागि करिम बेन्जिमाले दुई गोल गरेका हुन् । उनले ९ र ३१ औँ मिनेटमा गोल गरेर जित दिलाएका हुन् ।