काठमाडौं । कोभिड–१९ का कारण चैतदेखि बन्द भएको नेपाल भारत उडान खुल्ने भएको छ ।
एयर बबल उडानका लागि नेपालले पठाएको पत्रको आधारमा भारतले काठमाडौं–दिल्ली र दिल्ली–काठमाडौं उडान गर्ने गरी सहमति दिएको भारतीय राजदूतवासले जानकारी दिएको छ ।
केही समय अगाडि नेपालले भारतको दिल्ली उडान गर्ने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा नेपालले भारतसँग नियमित उडान खुला विषयमा पत्र पठाएको थियो । भारतको एयर इन्डिया र नेपालको नेपाल एयरलाइन्सले उडान गर्ने पाउने गरी सहमति दिएको हो।
नेपालसँग भारतले दसैंअगाडि नै एयर बबल उडान गर्ने प्रस्ताव पठाएको थियो। तर, उक्त समयमा नेपालले सहमति दिएको थिएन । एयर बबल उडानमा भारतीय र नेपाली नागरिक मात्रै हुनु पर्नेछ।