कुलमानको पार्टी घोषणामा पुगिन् सुमना श्रेष्ठ, मञ्चमै आसिन

  • प्रकाशित मिति : २०८२ मंसिर १७, बुधबार
  • नेपाल टेल संवाददाता

कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको घोषणा सभामा सुमना श्रेष्ठ पनि उपस्थित भएकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व सहमहामन्त्रीसमेत रहेकी श्रेष्ठलाई घोषणा सभाका सञ्चालकले पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको रूपमा उनलाई अतिथिका रूपमा मञ्चमा बोलाएका छन् ।



श्रेष्ठ अहिले घोषणा सभाको मञ्चमा बसिरहेकी छन् । सुरुमा श्रेष्ठले घिसिङ नेतृत्वको पार्टीमा लाग्ने बताइएको भए पनि अन्तिममा केन्द्रीय समिति सार्वजनिक हुँदा भने उनको नाम समेटिएको थिएन ।