मेस्सी,रोनाल्डो र लेवान्डोस्की वर्ष खेलाडीमा मनोनयन, कसले जित्ला ?

  • प्रकाशित मिति : २०७७ मंसिर २७, शनिबार
  • नेपाल टेल संवाददाता

एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वर्ष पुरुष खेलाडीको मनोनयन सार्वजनिक गरेको छ ।

फिफाले शुक्रबार सार्वजनिक गरेको पुरुष खेलाडीको अन्तिम मनोनयनमा क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी र रोबर्ट लेवान्डोस्की परेका छन् ।



युरोपेली क्लब फुटबलका सर्वाधिक सफल तीन फुटबलरलाई फिफाले सन् २०२० को वर्ष खेलाडीको रुपमा मनोनयन गरेको छ ।

लेवान्डोस्कीले पछिल्लो सिजन बायर्न म्युनिखलाई युरोपको सर्वोकृष्ट सफल क्लब बनाउन मुख्य भूमिका खेलेका थिए ।

रोनाल्डोले गत सिजन ईटालियन क्लब युभेन्ट्सबाट लिग उपाधि जितेका थिए ।

यता बार्सिलोना स्टार लियोनल मेस्सीले समेत युरोपेली फुटबलमा आफ्नो दबदबा कायम राखेका छन् ।