अर्जेन्टिनाको नयाँ नोटमा म्याराडोनाको तस्बिर राखिने

  • प्रकाशित मिति : २०७७ मंसिर २८, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । अर्जेन्टिनाका सिनेटरले स्वर्गीय फुटबल लेजेन्ड डिएगो म्याराडोनाको तस्बिर नयाँ बैंक नोटमा राख्न प्रस्ताव गरेका छन् ।

१९८६ को विश्वकपमा अर्जेन्टिनालाई जित दिलाएका विश्वचर्चित फुटबल खेलाडी म्याराडोनाको दुई हप्ता अगाडि ६० वर्षको उमेरमा ह्दयघातका कारण मृत्यु भएको थियो ।



यसबीच सिनेटर नोर्मा डुरांगोले सोमबार सबैभन्दा प्रचलित १,००० पेसोको नयाँ नोटमा म्याराडोनाको तस्बिर राख्न प्रस्ताव गरेकी हुन् ।

त्यसको एकपट्टी म्याराडोना र अर्कोपट्टी उनको सबैभन्दा चर्चित गोल को तस्बिर राखिने उनले बताएकी छन् ।

१९८६ मा म्याराडोनाले मेक्सिकोस्थित इङ्ल्यान्ड विरुद्ध गरेको दोस्रो गोलको क्षणलाई सो नोटमा समावेश गर्न उनले प्रस्ताव गरेकी हुन् ।