ओली सरकार विरुद्ध काँग्रेस सडकमा निस्केकोमा बाबुराम खुशी

  • प्रकाशित मिति : २०७७ मंसिर २९, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी दल(जसपा)का नेता डा बाबुराम भट्टराईले सरकार विरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस प्रदर्शनमा उत्रेकोमा खुशी व्यक्त गरेका छन्।

काँग्रेसले सरकार विरुद्ध सोमबारबाट देशभर प्रदर्शन थालेको छ। सोबारे डा भट्टराईले यस्तो टिप्पणी गरेका हुन।



साथै उनले पार्टी एकता समायोजनको काम सकेर आफूहरू पनि सरकारविरुद्ध सडकरसदनमा गर्जिने जानकारी पनि दिएका छन्।

‘ओली सरकारको निरंकुशता/कुशासनविरूद्ध सडकमा उत्रेको कांग्रेसलाई बधाई! भनिन्छ-लोकतन्त्रमा राजनीतिका तीन प्रमुख कार्यक्षेत्रमध्ये सरकारमा सत्ता पक्षको र सदन तथा सडकमा विपक्षको अधिकाररकर्तव्य हुन्छ,’ डा.भट्टराईले ट्विटमा भनेका छन्, ‘अब सदन बोलाउन पहल गरौं। जसपा पनि छिटै पार्टी एकता समायोजनको काम सकेर सडकरसदनमा गर्जन्छ।’