काठमाडौं । नेकपा विवादको असर संवैधानिक परिषदमा समेत पर्ने देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको संवैधानिक परिषद बैठकमा सभामुख अग्नि सापकोटा सहभागी नहुने निकट स्रोतले जनाएको छ ।
पर्याप्त गृहकार्य र छलफल नभएको तथा तयारी नपुगेको भन्दै सभामुख सापकोटा बैठकमा जान नचाहेको बुझिएको छ । पार्टीमा छलफल नगरि एकलौटी संवैधानिक अंगहरुमा प्रधानमन्त्री ओलीले नियुक्ति सिफारिस गर्न लागेको भन्दै अर्का अध्यक्ष प्रचण्ड असन्तुष्ट छन् ।
प्रचण्डको सुझाव मानेर सभामुख परिषद बैठकमा सहभागी नहुने सम्भावना रहेको नेकपा स्रोतले जनाएको छ । बैठक विहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।
आजको बैठकमा विपक्षी दलका नेता शेरवहादुर देउवा भने सहभागी हुदैछन् । यसअघि आइतवार निर्धारित बैठकमा सभामुख र देउवा अनुपस्थित भएपछि स्थगित भएको थियो ।