काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने बिग बास खेल्न आज (मंगलबार) अस्ट्रेलिया प्रस्थान गरेका छन् ।
लिगअन्तर्गत पहिलो ६ खेल गुमाउने सन्दीपले त्यसपछिका खेल भने खेल्नेछन् ।
बिहीबारबाट सुरु भएको बिग बास लिगमा सन्दीपको टोली होबार्ट हुरिकेन्सले घरेलु मैदामा सिड्नी सिक्सर्ससँग जित निकालेको थियो ।
बिहान ११ बजे काठमाडौंबाट प्रस्थान गरेका सन्दीप बुधबार एडिलेट पुग्नेछन् ।
त्यहाँबाट अस्ट्रेलिया पुगेपछि सन्दीपले १४ दिन क्वारेन्टिनमा बस्नुपर्नेछ । कोरोना परीक्षणपछि उनी टिमसँग जोडिनेछन् ।