थप ९३६ मा कोरोना संक्रमण, १४ को मृत्यु

  • प्रकाशित मिति : २०७७ मंसिर ३०, मंगलवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ९ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

मंगलबार स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९ सय ३६ जनामा कोरोना पुष्टि भएको हो।



यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५० हजार १ सय ८० पुगेको छ।

पछिल्लो २४ घण्टामा १ हजार ९ सय ९६ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ३८ हजार ५ सय ६९ पुगेको छ। त्यस्तै, यसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ७ सय ३० पुगेको छ।