ओली-प्रचण्डबीच विवादित सबै प्रस्ताव फिर्ता लिने सहमति

  • प्रकाशित मिति : २०७७ पुष १, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एक अर्कालाई लगाइएको आरोप फिर्ता लिने सहमति भएको छ।

आज दुई अध्यक्षबीच पार्टी कमिटीमा पेस भएका छुट्टाछुट्टै प्रतिवेदन फिर्ता लिने र पार्टीलाई २६ भदौको समझदारीको स्थितिमा फर्काउने सहमति भएको एक सदस्यले जानकारी दिए।



महासचिव विष्ण पौडेललाई राखेर प्रधानमन्त्री निवास बालुवाटारमा दुवै अध्यक्षबीच भएको छलफलमा यस्तो समझदारी बनेको बताइएको छ।

सचिवालयका एक सदस्यका अनुसार दुवै अध्यक्ष २६ भदौयता भएका सबै नियुक्ति सच्याउन सहमत भएका हुन्।

महासचिव पौडेललाई साक्षी राखेर भएको ३ घण्टा लामो छलफलमा मूलत ४ वटा विषयमा सहमति भएको बताइएको छ।

हिजो मंगलबार जारी गरेको संवैधानिक परिषद्सँग सम्बन्धित अध्यादेश फिर्ता गर्ने, दुवै अध्यक्षले ल्याएका प्रतिवेदन फिर्ता दिने र पार्टीभित्रको विवाद समाधानको लागि भदौ २६ गतेको सहमतिमा फर्किने सहमति दुई अध्यक्षबीच बनेको छ। यस्तै, आगामी बैठकमा ओलीदाहालबीच संयुक्त प्रस्ताव लैजाने सहमति पनि भएको छ।

यो सँगै नेकपा विवाद तत्कालका लागि समाधान हुने तर्फ केन्द्रीत हुने विश्लेषण हुन थालेका छन्।