बार्सिलोनाले जित्दा एथ्लेटिको मड्रिड शीर्ष स्थानमा

  • प्रकाशित मिति : २०७७ पुष २, बिहीबार
  • नेपाल टेल संवाददाता

एजेन्सी। स्पेनिस ला लिगा फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोना विजयी भएको छ ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई २–१ ले पराजित गरेको हो ।



बार्सिलोनाका लागि जोर्डी अल्बा र फ्रेन्की डी जोङ्गले गोल गरे । यस्तै रियल सोसिडाडका लागि विलियन जोसेले एक गोल गरे ।

जोसेले २७ औँ मिनेटमा गोल गरि रियल सोसिडाडलाई सुरुवाति अग्रता दिलाएका थिए ।

तर ३१ औँ मिनेटमा अल्बाले बराबरी गोल फर्काए । डी जोङ्गले ४३ औँ मिनेटमा गोल गरेपछि बार्सिलोनाको जित निश्चित भएको हो । जितपछि १२ खेलबाट २० अंक जोडेको बार्सिलोना पाँचौँ स्थानमा पुगेको छ ।

यस्तै बार्सिलोनाको जितले एथ्लेटिको मड्रिडलाई शीर्ष स्थानमा लगेको छ । उसको ११ खेलबाट २६ अंक छ । दोस्रो स्थानमा झरेको रियल सोसिडाडको १४ खेलबाट २६ अंक भएको छ ।