उपत्यकाको जोर-बिजोर प्रणाली हट्यो

  • प्रकाशित मिति : २०७७ पुष २, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। उपत्यकाको जोर-बिजोर प्रणाली हटेको छ । जिल्ला प्रशासन कार्यालय कार्यालय काठमाडौँले पुस ३ गते शुक्रबारदेखि लागु हुने गरि जोर बिजोर प्रणाली हटाएको हो।

बिहीबार बसेको सुरक्षा निकाय, ट्राफिक प्रहरी, प्रशासन, यातायात व्यवसायी तथा मजदुरसहित बसेको बैठकले जोर बिजोर हटाउने निर्णय गरेको हो।



जोर बिजोर हटेपनि स्वास्थ्य मापदण्ड पालना गरेर मात्र सवारी चलाउन प्रशासनले आग्रह गरेको छ। मापदण्ड पालना नगरी सवारी चलाएमा कारवाही हुने प्रशासनले जनाएको छ ।