आज र भोलि काठमाडौँका यी स्थानमा बिजुली काटिने

  • प्रकाशित मिति : २०७७ पुष ३, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौँ – आज र भोलि (शनिबार) काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा बिजुली काटिने भएको छ ।

बिहीबार नेपाल विद्युत् प्राधिकरणले जारी गरेको सूचनाका अनुसार शुक्रबार बिहान ७ बजेदेखि १० बजेसम्म र शनिबार मध्यान्ह १२ देखि ३ बजेसम्म पनि बिजुली कटौती हुने भएको छ ।



बालाजु सवस्टेशन भित्रको ११ केभीको ब्रेकर जडान गर्नुपर्ने भएकाले उक्त सवस्टेशनबाट वितरित बिजुली काटिनेछ ।

त्यसमा बालाजु औद्योगिक क्षेत्र, ढुङ्गेधारा, महाराजगञ्ज, नयाँ बजार, धर्मस्थली फिडर सटडाउन हुनेछ । बिजुली काटिँदा उपभोक्तामा पर्न जाने असुविधाप्रति प्राधिकरणले माफी मागेको छ ।

निर्धारित कार्य समयअगावै सम्पन्न भएका सो समयभन्दा अगावै बिजुली आउनेसमेत प्राधिकरणले जनाएको छ ।