टेलिभिजन कार्यक्रम प्रस्तोता बने नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश

  • प्रकाशित मिति : २०७७ पुष ३, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा टेलिभिजन कार्यक्रम प्रस्तोता बनेका छन् ।

सामाजिक घटनामा आधारित कार्यक्रम ‘ऐना’ ले एक कार्यक्रमकाबीच कार्यक्रम प्रस्तोता सार्वजनिक गरेको हो ।



होराइजन मिडिया प्रालीले निर्माण गर्ने यो कार्यक्रम कान्तिपुर टेलिभिजनबाट यही माघ ७ गतेदेखि हरेक बुधबार प्रशारण हुने जानकारी गराइएको छ ।

कार्यक्रम प्रस्तोता शर्माले आफू राजनीतिमा जवाफ दिने ठाउँ रहेपनि कार्यक्रममा प्रश्न सोध्ने भूमिकामा रहेको बताए ।

ऐना’ टेलिभिजन कार्यक्रम मात्र नभएर एउटा सामाजिक विद्रोह पनि भएको शर्माको भनाइ छ ।

कार्यक्रम सामाजिक मुद्दामा केन्द्रीत हुने कार्यक्रम निर्माता राधाकृष्ण धितालले जानकारी दिए । ‘ऐना’को निर्देशन अमनप्रताप अधिकारीले गर्नेछन् ।