काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान पारस खड्काले टी-१० लिगमा टीम अबुधाबीका लागि प्राप्त भूमिकाका लागि आफू उत्साहित भएको जनाएका छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टीमका अलराउण्डर पारसलाई टीम अबुधाबीले शुक्रबार नयाँ सिजनको लागि इमर्जिङ ट्यालेन्ट मेन्टरको भूमिकामा नियुक्त गरेको जनाएको थियो ।
टीम आबुधाबीमा नयाँ भूमिका पाएपछि पारसले शनिबार बिहान सामाजिक सञ्जालमा एक सन्देश सम्प्रेषण गर्दै यसबाट आफू उत्साहित रहेको र नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा विकास गर्न मद्दत गर्ने बताएका छन् ।
‘टीम अबुधाबीसँगको नयाँ भूमिकालाई लिएर उत्साहित छु । आशा छ, क्रिकेटिङ टाईअपबाट अन्तर्राष्ट्रिय लेभलमा नेपाली क्रिकेट विकास गर्न सकिन्छ । र टीम अबुधाबी मार्फत हाम्रा क्रिकेटरका लागि अवसर प्राप्त गर्न सकिनेछ,’ पारसले माइक्रोब्लगिङ साईट ट्वीटरमा लेखेका छन् ।
Excited with my new role with @TeamADCricket and looking forward to it.
Hopefully will get to build on this for Nepal cricket to grow at international level through cricketing
tie-ups and more opportunities for our cricketers through Team Abu dhabi.
Let’s do this.????????????????@T10League pic.twitter.com/8B7lfybUW0— Paras Khadka (@paras77) December 19, 2020
अब हुने टी-१० लिगका लागि नेपाली टिमका पूर्व कप्तान समेत रहेका पारसले मेन्टरको भूमिका खेल्नेछन् । टीम आधुबाधीले पारस टोलीको कोचिङ स्टाफको रुपमा रहने जनाएको छ । गत सिजन पारसले टीम अबुधाबीका लागि खेलेका थिए ।
पारसले पहिलो पटक टीम अबुधाबीमार्फत नै विदेशी लिगमा सहभागिता जनाएका हुन् ।
चौथो संस्करणको टी-१० लिग युएईमा आगामी वर्ष (सन् २०२१)को जनवरी २६ देखि फेब्रुअरी ६ सम्म हुनेछ ।