काठमाडौं । सत्तारुढ दल नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले प्रधानन्त्री केपी शर्मा ओलीले शनिवार बिहानै खुमलटार पुगेर नेताहरुलाई मिलौं भन्दै प्रस्ताव राखेको बताएका छन्।
सामान्यतया बालुवाटार भन्दा बाहिर ननिस्किने प्रधानमन्त्री ओली आफै प्रचण्ड निवास खुमलटार पुगेपछि अर्का नेता वामदेव गौतमलाई समेत बोलाएका थिए।
खुलमटारपछि प्रधानमन्त्री ओलीले मन्त्री क्वार्टरमा पुगेर गृहमन्त्री रामबहादुर थापा लगायतका मन्त्रीहरुसँग पनि छलफल गरेका थिए।
सो भेटवार्तालाई लिएर नेता रावलले व्यंग्य गर्दै यस्तो ट्विट गरेका छन्।
https://twitter.com/BhimRawal179/status/1340224882622169089?s=19
रावलले लेखेका छन् – बिहान प्रम केपी ओलीजी, प्रचण्डजीसँग कुरा गर्न खुमलटार जानुभएछ। वामदेवजीको उपस्थितमा मिलौं भन्नुभएछ। हामीले खुमलटारमा प्रचण्डजीसँग भेट्दा बुर्ल्लुक उफ्रिदै पुच्छर भए भन्नेहरू अब त चुप लाग्छन् कि रु नेताहरूबीच कुराकानी हुनु र सहमति खोज्नु राम्रो हो। सहमति नभए विधिबाट समाधान खोज्नुपर्छ।
यसअघि प्रधानमन्त्री ओली प्रचण्ड निवास खुमलटारलाई गुटको मुख्यालय भन्दै खुमलटार जानेहरुलाई पुच्छरको संज्ञा दिएका थिए।
रावलले नेताहरुबिच कुराकानी हुनु र सहमति खोज्नु राम्रो कुरा भएको लेखेका छन्।