गायक कर्णदासलाई मातृशोक

  • प्रकाशित मिति : २०७७ पुष ५, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । गायक कर्णदासलाई मातृशोक परेको छ ।

कर्षदासकी आमा तथा रंगकर्मी रत्नदेवी दासको ७० वर्षको उमेरमा शनिबार निधन भएको हो।



मुटुरोगबाट पीडित रत्नदेवी पोखरेली रंगकर्मीको परिचय बनाएकी थिइन् ।

उनको पार्थीव शरीरलाई अहिले पोखरा नयाँगाउँस्थित आफ्नै निवासमा राखिएको छ भने आज रिठ्ठेपानीमा रहेको क्रिश्चियन चर्चमा परम्पराअनुसारको विधि पूरा गरेपछि अन्त्येष्टी गरिने छ । रत्नदेवीको एक छोरा कर्णदास र दुई छोरी छन् ।