विश्वमा एकैदिन थपिए पाँच लाख ४० हजार कोरोना संक्रमित

  • प्रकाशित मिति : २०७७ पुष ६, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । विश्‍वमा एकैदिन पाँच लाख ३९ हजार ९६२ जना कोरोना संक्रमित थपिएका छन्।

यो अवधिमा सात हजार ९१२ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ। विश्‍वमा हालसम्म कुल संक्रमित संख्या सात करोड ७१ लाख ५२ हजार १३० पुगेको छ।



तीमध्ये १६ लाख ९९ हजार ११८ जनाले संक्रमणबाट ज्यान गुमाएका छन्।

अहिलेसम्म पाँच करोड ४० लाख ५१ हजार ४५१ जना संक्रमणमुक्त भएका छन्।

सक्रिय संक्रमित दुई करोड १४ लाख एक हजार ५६१ जना छन्।

विश्‍वमा अहिले एक लाख छ हजार २७५ जना गम्भीर बिरामी छन्।