काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नेकपा सांसदहरुले दर्ता गरेको अविश्वास प्रस्तावमा सचिवालयका कर्मचारीले बद्मासी गरेको सांसदहरुले आरोप लगाएका छन् ।
आइतबार नेकपाका ९० जना सांसदको हस्ताक्षरसहित संसद सचिवालयमा ओलीविरुद्ध अविस्वास प्रस्ताव दर्ता भएको थियो ।
उक्त प्रस्ताव आइतबार बिहान १०ः ५० बजे दर्ता भएको भएपनि पछि सच्याएर ३ः५० जे पारिएको नेकपा सांसदको आरोप छ । जसमा टिपेक्स लगाइएको उनीहरुको भनाइ छ ।
प्रधानमन्त्रीको दवावमा संसद सचिवालयका कर्मचारीले समय परिवर्तन गरिदिएको पुष्पकमल दाहाल प्रचण्ड माधव नेपाल पक्षका नेताहरुको दाबी छ ।
सभामुखको सचिवालय र दर्ता गर्ने नेकपाका नेताहरुले १०ः३० मा प्रस्ताव दर्ता गरेको बताएपनि कतिपयले भने ३ः३० बजे दर्ता भएको बताएका थिए । समय कुन चैं आधिकारिक हो भन्ने विषयमा संसदका प्रवक्ता रोजनाथ पाण्डेको फरक फरक धारणा आएको छ ।
उनले सुरुवातमा १०ः३०मा दर्ता भएको बताएका छन् भने पछि सच्याएर ३ः३० बजे दर्ता भएको बताएका छन् । संसद सचिवालयमा दवाव परेपछि पाण्डेले भनाई सच्याएको हुनसक्ने नेकपा बहुमत पक्षको दावी छ ।
संसद विघटनको समय भन्दा पछि दर्ता भएको बनाउनका लागि अविश्वासको प्रस्तावमा टिपेक्स लगाइएको आशंका नेताहरुले गरेका छन् ।