सोमपाल, करण र कुशलले यूएईमा हुने टी-१० लिग खेल्ने

  • प्रकाशित मिति : २०७७ पुष ९, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका तीन खेलाडी सोमपाल कामी, करण केसी र कुशल मल्लले यूएईमा हुने टी–टेन लिगमा खेल्ने भएका छन् । दस ओभरको फ्रेन्चाइज लिगमा उनीहरूले खेल्न लागेको यो पहिलो पल्ट हो ।

बुधबार रातिको ड्राफ्टबाट उनीहरूको अनुबन्ध निश्चित भएको हो । त्यस अनुसार सोमपालले मराठा अरबियन्स, करणले पुने डेभिल्स र कुशलले टिम आबुधाबीबाट खेल्ने भएका हुन् ।



सोमपालले यसअघि एक अवसरमा विदेशी फ्रेन्चाइज क्रिकेट खेलिसकेका छन् । यसअघि यस टी–टेन लिगमा नेपालका तर्फबाट सन्दीप लामिछाने र पारस खड्काले खेलिसकेका छन् ।

पारस आफै पनि यसपल्ट आबुधाबी टिमको इमर्जिङ ट्यालेन्ट मेन्टरको भूमिकामा रहने छन् । टी–१० लिग आउँदो जनवरी २८ देखि शेख जायद क्रिकेट रंगशालामा लिग सुरु हुनेछ ।