काठमाडौंको तापक्रम १.१ डिग्रीमा झर्‍यो

  • प्रकाशित मिति : २०७७ पुष १४, मंगलवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । काठमाडौंको न्यूनतम तापक्रम आज बिहान एक दशमलव एक डिग्री सेल्सियसमा झरेको छ ।

यो न्यूनतम तापक्रम अहिलेसम्मकै सबैभन्दा कम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



शनिवार काठमाडौंको न्यूनतम तापक्रम एक दशमलव तीन डिग्री सेल्सियस मापन भएको थियो ।

तापक्रम घटेसँगै काठमाडौं उपत्यकालगायत देशका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ । तुसारो समेत परेको छ ।

केही दिनदेखि देशभर चिसो बढने क्रम जारी छ ।

तापक्रम चिसो रहिरहने तथा तराई र पहाडी भू–भागका केही स्थानमा बिहानीपख हुस्सु र कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।