काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा सेल्टा भिगोलाई २–० ले हराउँदै रियल मड्रिड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
गएराति घरेलु मैदानमा भएको खेलमा रियलले सेल्टा हराउँदै १७ खेलबाट ३६ अंकसहित शीर्ष स्थानमा पुगेको हो। दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ३५ अंक छ।
रियलको जितका लागि लुकास भाञ्क्वेजले खेलको सुरुवाती ६ मिनेटमै पहिलो गोल गरेका थिए ।
पहिलो हाफमा १–० ले अग्रता रिएको रियलले दोस्रो हाफमा थप एक गोल गरेको हो।
दोस्रो हाफको ५३ औं मिनेटमा मार्को एसेन्सिओले गोल गर्दै रियलको २–० को जित निश्चित गरेका हुन्। पराजित भएको सेल्टा १७ खेलबाट २३ अंकसहित आठौं स्थानमा छ ।