नेपाल–भारत उडानमा झन्झट, दुईपटक पीसीआर

  • प्रकाशित मिति : २०७७ पुष २१, मंगलवार
  • nepaltale.com

काठमाडौं। सर्तसहित पुसदेखि खुला गरिएको नेपाल–भारत उडानमा एकैदिनमा फर्किने यात्रुले डिपार्चर प्वाइन्ट (अर्कोतर्फको फर्किने बिन्दु) बाट पनि पीसीआर जाँच गरेको रिपोर्ट अनिवार्य पेस गर्नुपर्ने भएको छ ।
नेपालबाट ७२ घण्टाको पीसीआर रिपोर्ट बोकेर गएका यात्रुले फर्किँदा भारतबाट पनि पीसीआर गर्नुपर्ने भएको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

विश्व स्वास्थ्य संगठनले नै यो विषयमा दुबैतर्फको पीसीआर आवश्यक पर्ने प्रोटोकल बनाएकाले त्यसैअनुसार एकैदिनमा फर्किने यात्रुको नयाँ पीसीआर रिपोर्ट चाहिने भएको बताइएको छ ।