काठमाडौं । म्यानचेस्टर युनाइटेडलाई पराजित गरेर म्यानचेस्टर सिटी इएफएल (काराबाओ वा लिग) कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
अवे मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले घरेलु प्रतिस्पर्धी म्यानचेस्टर युनाइटेडलाई २–० ले पराजित गरेको हो ।
सिटीको जितमा जोन स्टोन्स र फेर्नान्डिन्होले गोल गरेका हुन् । सिटीले उपाधिका लागि टोटनह्यामसँग प्रतिस्पर्धा गर्ने भएको छ ।