नेपाली सांगीतिक क्षेत्रमा यतिबबेला एउटा विषयले ठूलो चर्चा पाएको छ ।
गायक प्रमोद खरेल तथा विन्ध्वासिनी म्युजिक प्रालिबीचको विवाद बढ्दै जाँदा यसले सांगीतिक क्षेत्रलाई समेत तरंगित बनाएको छ ।
गायक खरेल तथा विन्ध्वासिनीबीच एउटा एल्बम तथा केही गीतको प्रतिलिपि अधिकारको विषयमा भएको विवाद बढ्दै जाँदा सामाजिक सञजालमा समेत निकै चर्चा भएको छ ।
यसैबीच यो विवाद प्रारम्भ भएदेखि आजको मितिसम्म सामाजिक सञ्जालमा मौन रहेका गायक प्रमोद खरेलले शुक्रबार बिहान फेसबुकमा एउटा लामो स्टाटस लेख्दै उक्त घटना तथा विवादका बारेमा आफ्नो रायसहितको धारणा व्यक्त गरेका छन् ।
उनले स्टाटसमार्फत आफूले यो विवादमा न्याय पाउने आशा गरेका छन् ।
