स्पेनिस ला लिगा फुटबलः रियल मड्रिड बराबरीमा रोकियो

  • प्रकाशित मिति : २०७७ पुष २६, आईतवार
  • nepaltale.com

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिड बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा रियल ओसासुनासँग गोलरहित बराबरीमा रोकिएको हो ।

ओसासुनाको मैदानमा पाएको मौकालाई सदुपयोग गर्न नसक्दा रियलले अंक बाड्नु परेको हो । बल पोजिसनमा एकतर्फी पकड जमाएपनि रियलका फरवार्डले गोल गर्न सकेनन् ।

यता, घरेलु टोलीका खेलाडीले पनि केहि उत्कृष्ट अवसरलाई गोलमा बदल्न सकेनन् । बराबरीमा रोकिएसँगै रियलले १८ खेलमा ३७ अंक जोडेको छ ।

रियल दोस्रो स्थानमा रहेको छ । ओसासुना १५ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।