भीम रावलको गृह जिल्लामा ओली समूहका नेताको गाडी तोडफोड, दुई पक्षबीच झडप

  • प्रकाशित मिति : 2021-01-12
  • nepaltale.com

अछाम । अछाममा नेपाल कम्युनिस्ट पार्टी केपी ओली पक्षका प्रदेश अध्यक्ष कर्णबहादुर थापाको गाडीमा तोडफोड भएको छ ।

थापा प्रचण्ड माधव समूहको नेकपा सुदूरपश्चिम इन्चार्ज भीम रावलको गृहजिल्ला अछाममा आमसभालाई सम्बोधन गर्न पुगेका समयमा गाडी तोडफोड भएको हो ।



पार्टी राजनीतिक रुपमा विभाजित भएपछि ओली समूह रावलमाथि आक्रामक रुपमा प्रस्तुत भइरहेका बेला थापा मंगलवार अछाम पुगेका हुन् ।

थापा अछाम प्रवेश गर्दा नेकपा पार्टी कार्यालय नजिक प्रचण्ड माधव समूहका राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुका युवा तथा विद्यार्थीले उनी चढेको प्रदेश ३ –०१ ०२३ च ७०६९ नम्बरको गाडीमा तोडफोड गरेका हुन् ।

अछाम प्रहरी प्रमुख डीएसपी योगेन्द्र थापाले कर्णबहादुर थापा सवारी गाडीमा ढुंगा लागेको बताए ।ढुंगाले गाडीको सिसा चर्किएको उनले जानकारी दिए ।

झडपपछि थापा दमाहा बजाउँदै आफ्नो समूहका कार्यकर्ताका साथ ब्यानर समातेर आमसभा स्थलतर्फ लागेका थिए ।