पीएम कप क्रिकेटमा एपीएफ र प्रदेश-१ भिड्दै

  • प्रकाशित मिति : २०७७ माघ ३, शनिबार
  • नेपाल टेल संवाददाता

काठमाडौँ। प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज विभागीय टिम एपीएफ र प्रदेश-१ भिड्दै छन् ।

समूह ‘ए’ मा रहेका दुई टिमबीचको खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा साढे ९ बजे सुरु हुनेछ ।



वसन्त रेग्मीको कप्तानीमा मैदान उत्रने एपीएफ सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । एपीएफमा राष्ट्रिय टिमका खेलाडीको बाहुल्यता रहेको छ ।

प्रदेश-१ पनि सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । सिद्दान्त लोहनीको कप्तानीमा रहेको प्रदेश- १ लाई पनि निकै बलियो टिमको रुपमा हेरिएको छ ।