रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

  • प्रकाशित मिति : 2021-01-18
  • nepaltale.com

काठमाडौं । राजधानीको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ ।

अपार्टमेन्टको माथिल्लो तलामा आगलागी भइरहेको छ ।



आगो नियन्त्रणका लागि प्रहरी,दमकल र स्थानीयवासी खटिएका छन् ।

अपार्टमेन्टमा रहेकाहरुको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।