काठमाडाैं । संवैधानिक आयोगहरुमा बलमिच्याइ नियुक्तिको बिरोधमा आज प्रचण्ड–नेपाल समूह नेकपाले आमहड्ताल गर्दैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पोष ५ गते असंवैधानिक रुपमा गरेको संसद विघटनबाट रुष्ट प्रचण्ड माधव समूह हिजै मात्र फेरि राष्ट्रपतिको सिफारिसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा नियुक्ति गरेपछि आमहड्तालको घोषणा गरेको थियो ।
आजको आमहड्ताल कार्यक्रमका लागि नेकपामा काठमाडौँ उपत्यकाको बिभिन्न प्रमुख स्थानमा छुट्टाछुट्टै नेताहरुलाई नेतृत्वको जिम्मेबारी तोकेको छ ।
जस अनुसार ललितपुरकाे पुल्चोकमा पम्फा भूसालको नेतृतव रहने छ भने कोटेश्वरमा लीलामणि पोखरेलले सम्हाल्नेछन् ।
यस्तै चाबहिलको नेतृत्व बर्षमान पुन र हरिबोल गजुरेललाई तोकिएको छ ।
नारायाणगोपाल चोक महाराजगंजमा शक्ति बस्नेतको नेतृत्व रहने नेकपाले जनाएको छ ।
यस्तै गोंगबुमा भीम रावल, बलाजुमा रघजी पन्तले सम्हाल्ने छन् भने रत्नपार्कमा नारायणकाजी श्रेष्ठ र जनार्दन शर्माले नेतृत्व गर्ने बताइएको छ ।