आमहड्ताल भव्य रुपमा सफल, अब २८ गते ठूलो प्रदर्शन गर्छौं : संयोजक श्रेष्ठ

  • प्रकाशित मिति : २०७७ माघ २२, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । प्रचण्ड-माधव नेपाल नेतृत्वको नेकपाले आयोजना गरेको आम हड्ताल सकिएको छ।

आम हड्ताल भव्य रुपमा सफल भएको सो पार्टीका प्रवक्ता एवं संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जनाएका छन्।



जनताको साथले उत्साहित भएको भन्दै प्रवक्ता श्रेष्ठले यहि माघ २८ गते नेकपाले राजधानीमा बृहत जनप्रर्दशन गर्ने समेत बताएका छन्।

आमहडतालमा पाएको जनसमर्थतले आफूहरुलाई उत्साहित बनाएको भन्दै प्रतिगामी कदमलाई पराजित गर्न शान्तिपूर्ण आन्दोलनमा गाेलबन्द हुन नेकपाले आम नागरिकलाई आह्वानसमेत गरेको छ।

प्रवक्ता श्रेष्ठले आज आमहड्तालका दिन विभिन्न ठाँउबाट गिरफ्तार गरिएका नेता कार्यकर्तालाई रिहा गर्न समेत सरकारसमक्ष माग गरेका छन्।