काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले आज (शुक्रबार) काठमाडौंको दरबारमार्गमा आयोजना गर्ने सभाका लागि सडक पखालिएको छ ।
शुक्रबार बिहानैदेखि ट्याङ्करमा पानी ओसारेर दरबारमार्गको सडक पखालिएको हो । पानी हालेर सडक तथा फूटपाथको हिलो र धुलो पखालिएको हो । ओली समूहको बागमती प्रदेश कमिटीले आयोजना गर्ने सभामा ३ लाख सर्वसाधारण सहभागी हुने दाबी गरिएको छ ।
यसअघि ओली समूहको सभाका लागि दरबारमार्गको मुख्य सडकमा राखिएका फलामका डिभाइडरहरु हटाइएको थियो ।
ओलीले सम्बोधन गर्ने सभाको मुख्य मञ्च नारायणहिटी दरबार संग्रहालको अगाडि राखिएको छ ।