यी हुन ओली पक्षको सभाअघि गर्ने जुलुसमा लगाइने १३ नारा

  • प्रकाशित मिति : २०७७ माघ २३, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । विभाजित नेकपाको ओलीपक्षले आज राजधानीमा शक्ति प्रदर्शनसहित आमसभाको आयोजना गरेको छ ।

पार्टी विभाजनपछि अहिलेसम्मकै ठूलो जनसभा गरेर देशलाई सन्देश दिन खोजेको नेकपाको ओलीपक्षले आजको सभाअघि गर्ने जुलुसमा लगाइने नारा तय गरेको छ ।

आयोजकले अराजकताको अन्त्य, राजनीतिक स्थिरता, संविधानका रक्षा, राष्ट्रिय स्वाधिनता, ताजा जनादेश,विकासको निरन्तरता भन्ने मूल नारा तय गरेका छन् ।