ओली पक्षको शक्ति प्रदर्शन (फोटो फिचर)

  • प्रकाशित मिति : २०७७ माघ २३, शुक्रबार
  • nepaltale.com

काठमाडौं । नेकपा ओली समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटनसँगै विभाजित नेकपाको ओली समूहले काठमाडौं उपत्यकामा शक्ति प्रदर्शन गरेको हो ।

नारायणहिटी दरबार संग्राहलय अगाडि आयोजना गरिएको आमसभालाई प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले सम्बोधन गरेका छन् ।

सभा सुरु हुनुअघि उपत्यका विभिन्न स्थानबाट ¥याली निस्किएको थियो । ओली समूहको बागमतीले आयोजना गरेको सभाका लागि विभिन्न जिल्लाबाट मानिसहरु लाइएको थियो ।

नारायणहिटी संग्राहलय अगाडी टी आकारको हाइटेक स्टेज बनाइएको थियो भने सभामा सहभागीहरुका लागि भन्दै उक्त क्षेत्रमा ५ वटा ठूला स्क्रिनहरुको व्यवस्थासमेत गरिएको थियो ।