आइपीएलको अक्सनमा ८ नेपाली खेलाडीकाे नाम दर्ता

  • प्रकाशित मिति : २०७७ माघ २३, शुक्रबार
  • nepaltale.com

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलको अक्सनका लागि एक हजार ९७ जनाको नाम दर्ता भएको छ । जसमा नेपालबाट आठ जना खेलाडी रहेका छन् ।

फेब्रुवरी १८ तारिखमा हुने आइपीएलको अक्सनका लागि विहिबारसम्म खेलाडी दर्ताको मिति तोकिएको थियो ।

त्यसमा कुल एक हजार ९७ जनाको नाम दर्ता भएको छ । त्यसमा आठ सय १४ जना भारतीय र दुई सय ८३ जना विदेशी खेलाडीको नाम रहेको छ ।

चेन्नेईमा हुने अक्सन १८ तारिखमा दिउँदो तीन बजेबाट सुरु हुनेछ । दर्ता भएका खेलाडीमा २१ जना अनक्याप्ड भारतीय खेलाडी छन् भने एक सय ८६ जना क्याप्ड विदेशी खेलाडी छन्। यस्तै २७ जना एसोसियट खेलाडी छन् ।

यस्तै भारतीय टिममा नपरेका तर एक आइपीएल खेल खेलेका ५० खेलाडीले नाम दर्ता गरेका छन् ।

आइपीएलमा एक खेल खेलेका तर आफ्नो देशबाट नखेलेका दुई विदेशी खेलाडीले पनि नाम दर्ता गरेका छन् ।

सात सय ४३ जना अनक्याप्ड भारतीय खेलाडी छन भने ६८ अनक्याप्ड अन्तराष्ट्रिय खेलाडीले नाम दर्ता गरेका छन् ।

आइपीएल टिमले बढिमा आफ्नो टिममा २५ खेलाडीलाई अनुबन्ध गर्न पाउनेछन्। अक्सनबाट कुल ६१ खेलाडी विक्रि हुनेछन् । यो सिजनको आइपीएलमा तीन सिजन खेलेका सन्दिप लामिछानेपनि अक्सनमा जानेछन् ।

देशका हिसावले आइपीएलमा नाम दर्ता गर्नेमा बढि वेष्ट इन्डिजबाट रहेका छन्। वेष्ट इन्डिजबाट कुल ५६ जनाले अक्सनका लागि नाम दर्ता गराएका छन् ।

यस्तै अफगानिस्तानका ३०, अष्ट्रेलियाका ४२, बंगलादेशका पाँच, इंग्ल्याण्डका २१, आयरल्याण्डबाट दुई, नेपालबाट आठ, नेदरल्याण्ड्सबाट एक, न्यूजिल्याण्डबाट २९, स्कटल्याण्डबाट सात, दक्षिण अफ्रिकाबाट ३८, श्रीलंकाबाट ३१, यूएईबाट नौ, यूएसएबाट दुई र जिम्बावेबाट दुई खेलाडीको नाम दर्ता भएको छ ।