म्युजिकल फिल्म ‘सँग सँगै कान्छी’ सार्वजनिक

  • प्रकाशित मिति : 2021-02-07
  • nepaltale.com

काठमाडौं। म्युजिकल फिल्म ‘संग–संगै कान्छि’ सार्वजनिक भएको छ । पूर्वी नेपालमा रहेका भूटानी शरणार्थी र सो सिविरसंग जोडिएको नेपाली समाजको कथालाई समेटेर तयार पारिएको उक्त म्युजिकल फिल्म युट्युव मार्फत सार्वजनिक गरीएको हो ।

जमर्को इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट सार्बजनिक गरिएको उक्त भिडियोमा भुटानी शिविर र बस्तिका युवा युवतिको प्रेम कथालाइ प्रस्तुत गरिएको छ । संगीतको क्षेत्रमा म्युजिक भिडियो भन्दा केहि फरकपन दिने उद्धेश्यका साथ सो सर्ट म्युजिकल फिल्म तयार पारिएको निर्माण पक्षले जानकारी दिएको छ ।



गायक नन्दु गुरुङको आवाज रहेको सो गीतमा अनिल धिरुलको शव्द र देव गुरुङको संगीत रहेको छ । सो भिडियोलाई रङ्गकर्मी जीवन बरालले निर्देशन गरेका हुन भने कलाकार सरोज तिम्सिनाले सहायक निर्देशकको भूमिका निभाएका छन् । अभिनय क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइ सकेका अभिनेता तथा रंगकर्मी दयाहाङ राई र नग्मा श्रेष्ठलाई उक्त भिडियोमा मुख्य भुमिकामा देख्न सकिन्छ ।