सोनाम ल्होछारमा सार्वजनिक विदा दिने सरकारको निर्णय

  • प्रकाशित मिति : 2021-02-09
  • nepaltale.com

काठमाडौँ। सरकारले सोनाम ल्होछारमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सोनाम ल्होछारमा सार्वजनिक विदा दिने निर्णय भएको युवा तथा खेलकुद मन्त्री दावा तामाङले जानकारी दिए ।



तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने सोनाम ल्होछारको सार्वजनिक विदा ३ वर्षअघि कटौती गरिएको थियो ।

यसअघि २०५१ सालदेखि ल्होछारको अवसरमा विदा दिइँदै आएको थियो । सोनाम ल्होछार यही माघ ३० गते परेको छ ।