ताप्लेजुङ केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प

  • प्रकाशित मिति : २०७७ माघ २७, मंगलवार
  • रासस

काठमाडौं। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः३५ बजे ५.४ रेक्टर स्केलको भूकम्प गएको हो । नेपालको ओलाङचुङगोला र चीनको सीमामा भूकम्प गएको अनुसन्धान केन्द्रले जानाएको छ ।

ताप्लेजुङ सदरमुकामसम्म नै भूकम्पको धक्का महसुस गरिएको स्थानीयवासी विवश केदेमले बताए ।

ओलाङचुङगोलामा भूकम्पले पूरै घर हल्लाए पनि कुनै क्षति नभएको फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन लामाले जानकारी दिए । घर हल्लिएपछि मान्छे घर बाहिर निस्केको तर कुनै क्षति नभएको लामाले जानकारी दिए ।