११ जना सचिवको सरुवा

  • प्रकाशित मिति : २०७७ फाल्गुन १, शनिबार
  • nepaltale.com

काठमाडौं । सरकारले ११ जना सचिवको सरुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायमा कार्यरत सचिवहरुलाई सरुवा गरेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव सुरेश अधिकारीलाई निर्वाचन आयोगमा सरुवा गरिएको छ। अख्तियारमा भने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव तोयम रायलाई लगिएको छ।

श्रम मन्त्रालयको सचिवमा सार्वजनिक खरिद अनुगमन कार्यालयका सूर्यप्रसाद गौतमलाई सरुवा गरिएको छ।

यसैगरी प्रदेश १ का प्रमुख सचिव दिनेश भट्टराईलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा लगिएको छ भने वाणिज्य सचिवमा लोकसेवा आयोगका सचिव अर्जुनप्रसाद पोखरेललाई पठाइएको छ।

त्यसैगरी लोकसेवा आयोगमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव तोयनारायण ज्ञवालीलाई लगिएको छ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियालाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमासरुवा गरिएको छ भने राष्ट्रिय प्रकृतिक स्रोत तथा वित्त आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्याललाई भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ ।

त्यसैगरी शिक्षा सचिव गोपीनाथ मैनालीलाई सार्वजनिक खरिद अगुमन, निर्वाचन आयोगकी देवकुमारी गुरागाईलाई वित्त आयो तथा भूमिसुधार मन्त्रालयका सचिव टेकनारायण पाण्डेलाई खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ।