पल साहविरुद्ध प्रहरीमा उजुरी

  • प्रकाशित मिति : २०७७ फाल्गुन १४, शुक्रबार
  • nepaltale.com

काठमाडौं । मोडल तथा नायक पल साहविरुद्ध प्रहरीमा उजुरी परेको छ।

शाह हाल नयाँ म्युजिक भिडियो सुटिङका लागि धरानमा छन्।

आफूमाथि दुर्व्यवहार र कुटपिट गरेको भन्दै चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले पलविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका हुन्।

उजुरी परेपछि दुवैपक्षलाई प्रहरीले छलफलका लागि बोलाएको छ।

म्युजिक भिडियोको सुटिङका लागि धरान पुगेका साहको निर्देशनमा उनका सहयोगीले आफूमाथि आक्रमण गरेको प्रधानको दाबी छ ।