प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदै

  • प्रकाशित मिति : 2021-03-01
  • nepaltale.com

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदै छन । गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न उनी पोखरा जान लागेका हुन ।

पार्टीको प्रदेश कमिटीले पोखरा सभागृहमा आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न पोखरा जान लाागेका प्रधानमन्त्री ओलीले नदीपुरस्थित गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गर्ने कार्यक्रम पनि रहेको छ ।



सोही क्रममा उनले पोखरा रंगशालाको पनि निरीक्षण गर्ने कार्यक्रम छ । गण्डकी प्रदेशमा तय भएको नवौं राष्ट्रिय खेलकुदका लागि अत्यावश्यक भौतिक पूर्वाधारबारे प्रधानमन्त्रीले चासो राखेका हुन् ।

प्रधानमन्त्री ओलीले पोखरा अन्तर्राष्ट्रिय फुटबल रंशालासहित भलिबल कोर्ट, क्रिकेट मैदान, ब्याडमिन्टन हल, बहुउद्देश्यीय कभर्ड हल, टेनिस कोर्टलगायतका खेल पूर्वाधारको निरीक्षण गर्नेछन् ।

ओली सोमबारै काठमाडौं फर्किने कार्यक्रम छ । पछिल्लो समय देश दौडाहामा रहेका प्रधानमन्त्री ओली हिजो गृह जिल्ला झापा पुगेका थिए । त्यहाँ उनले चार वटा पुल र एक औद्योगिक पार्क उद्घाटन गरेका थिए ।