सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति

  • प्रकाशित मिति : २०७७ फाल्गुन २०, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच ३ बुँदे सहमतिमा हस्ताक्षर भएको छ ।

बुधवारको वार्ता लगत्तै गृहमन्त्री रामवहादुर थापा बादल र वार्ता टोलीका सदस्य डा. राजन भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराएका थिए ।



विप्वल समूहका वार्ता टोली संयोजक खड्गवहादुर विश्वकर्मा प्रकाण्ड र सदस्य उदय चलाउने छलफलमा उठेका सवाल र भएका सहमतिबारे महासचिव विप्लवलाई जानकारी गराएर साँझ गृहमन्त्री निवास पुगेका थिए ।

सहमतिको विस्तृत विवरण २१ गते सार्वजनिक गरिनेछ ।