काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बृद्धि गरेसँगै हवाई भाडा पनि बढेको छ ।
निगमले प्रति लिटर पाँच रुपैयाँले हवाई इन्धनको मूल्य बढाएको थियो ।
वायुसेवा सञ्चालक संघ नेपालले फागुन २१ देखि लागु हुने गरी हवाई भाडा बढाएको हो ।
इन्धन शुल्क बढाउने निर्णयलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वीकृत दिइसकेको पनि संघले जनाएको छ ।
हवाई इन्धनको मूल्य प्रतिलिटर पाँच रुपैयाँ बढ्दा विमानको इन्धन शुल्क न्यूनतम २० रुपैयाँदेखि अधिकतम २२० रुपैयाँसम्म बढेको संघले जनाएको छ ।
संघको यो निर्णयसँगै काठमाडौं धनगढी उडानको इन्धन शूल्क सबैभन्दा बढी २२० रुपैयाँ बढेको छ । यस्तै डोटी साँफेबगरको हवाई इन्धन शुल्क २० रुपैयाँले बढेको संघले जनाएको छ ।