टोटनह्यामको शानदार जित

  • प्रकाशित मिति : २०७७ फाल्गुन २४, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा टोटनह्याम विजयी भएको छ ।

टोटनह्यामलाई जिताउनका लागि ग्यारेथ बेल र ह्यारी केनको योगदान महत्वपूर्ण रह्यो ।



घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले क्रिष्टल प्यालेसलाई ४–१ ले पराजित गरेको हो ।

टोटनह्यामको जितमा ग्यारेथ बेल र ह्यारी केनले दुई–दुई गोल गरेका हुन् ।

क्रिष्टल प्यालेसका लागि क्रिष्टियन बेन्टेकले पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा एक गोल फर्काए ।