कोरोना कहर पशुपतिनाथ कृपा !

  • प्रकाशित मिति : २०७६ चैत्र १३, बिहीबार
  • नेपाल टेल संवाददाता

अमेरिकामा एकैदिन १० हजारभन्दा बढी कोरोना भाइरस (कोभिड १९) का सङ्क्रमित थपिएका छन् । योसँगै अमेरिकामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ६८ हजार दुई सय तीन पुगेको छ ।

त्यस्तै भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार २७ पुगेको छ । पछिल्लो २४ घण्टामा दुई सय ४७ जनाले ज्यान गुमाएका हुन् ।



कोरोना भाइरसबाट सङ्क्रमित हुने सङ्ख्याको आधारमा अमेरिकामा तेस्रो नम्बरमा पुगेको छ । चीन र इटलीपछि सबैभन्दा धेरै सङ्क्रमित अमेरिकामा देखिएका हुन् ।

यहि अवस्था रहे नेपालमा पनि उपचार नपाएकै कारण मानिसहरुको मृत्यु हुनेछ । र, जति धेरै स्वास्थ्यकर्मीहरु बिरामी हुन्छन स्वास्थ्य सेवा प्रणालीको क्षमता झन झन खस्कदै जानेछ । यस्तो अवस्था आएको खन्डमा भने को बाँच्न पाउने वा को बाँच्न नपाउने जस्ता डरलाग्दा निर्णयहरु लिनुपर्ने हुन्छ ।

निजि अस्पताल संकटमा किन अमानवीय !

नेपालका निजी अस्पतालले यो संकटको समयमा अमानवीय हर्कत देखाएका छन् । अहिले सामान्य ज्वरोको शंका लागेका बिरामीलाई पनि निजी अस्पतालले गेटबाटै फर्काउने जस्तो कल्पनै गर्न नसकिने हर्कत गरिरहेका छन् ।

नेपालमा आफुलाई नामी तारे अस्पताल बताउदै आएका नर्भिक, मेडिसिटी, ग्राण्डी, ओम, सुमेरु, बयोधा, मेडिकेयर, केएमसी, मोडल, अल्का, ब्लुक्रसलगायत सबै अस्पतालले ज्वरो आएको भन्नासाथ बिरामीलाई अस्पतालमै छिर्न दिएका छैनन्।

अमेरिकामा समेत स्वास्थ्य सामाग्रीको अभाव छ भनेर समाचार आइरहेका छन् । केहीलाई नेपालमा २ महिना अघि नै यस्ता सामान किन आएन भनेर नाराजुलुस गरौंला झैं गर्दैछन् ।बाख्रा फार्ममा उत्पादन गर्न मिल्ने भए ककनीबाटै बोकेरै भए पनि ल्याउनुहुन्थ्यो । छ भने ल्याऔं क्यारे ।

ज्यालादारीमा काम गर्ने र विद्यार्थी अप्ठ्यारोमा !

सरकारले लकडाउन गरेपछि दैनिक ज्यालादारीमा गुजारा चलाउँदै आएका श्रमिकहरूहरु अप्ठेरोमा परेको भन्दै उनीहरुका लागि विशेष प्याकेज ल्याउन प्रवुद्ध व्यक्तिहरुले सरकारसँग माग गरेका छन् ।

त्यस्तै भाडामा बस्दै आएका विद्यार्थी बढी अप्ठ्यारोमा परेका छ्न । कहि कतै त घर-भेटीले अग्रिम घरभाडा मागेको भन्ने समाचारहरु पनि आइरहेको छ्न ।

यसरी नै बर्षौं बित्दा पनि भाइरसको ओखती पत्ता लागेन भने…??? तब के होला ???

मान्छेहरुलाई दु:ख बिर्साउन अरु केहि असरदार बिषय थिएन मानवताले सर्वमान्य अभिभावक पाएको छ । सबले आ-आफ्ना दु:ख बिर्सेका छन् एउटै मुद्दामा सहमत भएका छन।

बसुदैव कुटुम्बकम सहि रुपमा मान्य भएको छ । चोर, डांका हत्याराले समेत पेशा छाडेका छन, सबको रोना एउटै छ….
कोरोना !
को रोना …

स्वास्थ्यकर्मीको अभाव भनेर ‘आवश्यकता’को सूचना पढ्नु नभएको भए यसैलाई सूचना मानी बिना वा जुगाडु पीपीईका भरमा काम गर्न सकिन्छ भन्ने जो कोही स्वास्थ्यकर्मीले आफ्नो अस्पतालबाट काज लिई टेकुको अस्पतालमा गइदिन अनुरोध छ। सर्वसाधारणले पनि स्वयंसेवकका रुपमा गर्ने कामहरू त्यहाँ थुप्रै छन्।

नेपाल र इटालीमा कोभिड संक्रमण दर तुलना गर्दा के नबिर्सौँ भने हरेक १ लाख जनाको लागि नेपालमा ३० वटाजति बेड छन्, इटालिमा ३५० जति। राम्रो तयारी नगरे इटालिमा २ महिनामा आएको संकट नेपालमा २ हप्तामै आउनसक्छ ।

चीनलाई स्पेनले उछिनिसक्यो । इटालीमा चीनको दोब्बरभन्दा बढी क्षति भइसक्यो । अमेरिका, इरान, फ्रान्स सबै नियन्त्रणबाहिर । यो सब सरकारको आह्वानमा जनता र केही व्यापारीको अटेरीले भएको छ। नेपालमा अझै समय छ । बुझौँ । घरमै बसौँ । सामाजिक लोकाचार र व्यापार त ज्यान रहे गर्दै गरौँला ।